दोलखाका ७ जना संबिधानसभा सदस्य राष्ट्रपति भण्डारीबाट सम्मानित

दर्पन संबाददाता
जेठ १६
दोलखाका ७ जना संविधानसभाका सदस्यहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएका छन् ।
२०६४ र २०७० मा निर्वाचित संविधानसभा सदस्यहरुलाई गणतन्त्र दिवसको अवसरमा शितलनिवासमा आयोजित समारोहमा संविधानसभा पदक तथा सम्मानपत्रबाट सम्मान गरिएको हो ।

सम्मानित हुनेमा दोलखाका संविधानसभा सदस्यहरुमा तत्कालिन नेकपा एमालेबाट पार्बत गुरुङ , पशुपति चौलागाईं , आनन्द पोखरेल , शान्ती तामाङ रहेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट देबि खड्का, हेम बहादुर श्रेष्ठ र नेपाली काँग्रेसबाट जिप्छिरिङ लामा संविधानसभा पदक तथा सम्मानपत्रबाट सम्मानित भएका छ्न ।