तामाकोशी गाँउपालिकाको सवै वडामा खेलमैदान निर्माण

प्रभु जिरेल
चरिकोट, १८ चैत्र , दोलखाको तामाकोशी गाँउपालिकाले गाँउपालिका भित्रका सात ओटै वडामा खेल मैदानको निर्माण गरेको छ ।

गाँउपालिकाले खेलकुदलाई विशेष प्राथमकितामा राखी नीति तथा कार्यक्रम भित्र नै समावेश गरी युवा तथा खेलकुद विकास कार्यक्रम अन्र्तगत गाँउपालिको सवै वडामा खेल मैदानको निर्माण गर्ने काम सुरु गरेको हो । सात ओटै वडामा निर्माण भई रहेको खेल मैदान मध्ये वडा न ५ सहरेको भन्ज्याङमा निर्माण भई रहेको खेल मैदानलाई गाँउपालिको रंगशालाको रुपमा विकास गरिने गाँउपालिका प्रमुख इश्वर चन्द्र पोखरेलले जानकारी दिनु भयो ।

वडा नं ५ सहरेको भञ्ज्याङमा रंगशाला निर्माण गर्नको लागि गत वर्ष २० लाख रुपँैया रकम गाँउपालिकाले विनियोजन गरेको थियो । त्यसै गरी यो आर्थिक बर्षमा पनि २० लाख रकम विनियोजन गरी काम भई रहेको छ । गत बर्ष वडा नं ४, ६ र ७ मा खेलमैदान निर्माण गर्नको लागि ३० लाख रकम वियोजन गरेको थियो । गत बर्षदेखी सुरु गरेको रंगशाला निर्माणको लागि यो आर्थिक वर्षमा वडा नं १ भिरकोटको लागि चार लाख, वडा न २, झुलेको लागि १५ लाख, वडा नं ३ जफेको लागि चार लाख, वडा नं ४ मालुको लागि चार लाख, वडा न ६ च्यामाको लागि चार लाख र वडा नं ७ हावाको लागि चार लाख रकम विनियोजन गरी धमाधम खेल मैदान निर्माणको काम भई रहेको छ ।

अन्य क्षेत्रमा संगसंगै खेलकुदको क्षेत्रमा पनी गाँउपालिकालाई विकास गर्नुपर्ने र सवै वडाहरुमा खेल मैदानको आवश्यकता भएको हुँदा गाँउपालिकाले सवै वडामा खेल मैदान निर्माण गरेको गाँउपालिका प्रमुख इश्वर चन्द्र पोखरेलले बताउनु भयो । सवै वडाको खेलमैदान सम्भव भएसम्म अन्र्तराष्ट्रीय खेलकुदको मापदण्ड अनुसार निर्माण गरिने उहाँले बताउनु भयो । आफनो गाँउपालिका खेलकुलको क्षेत्रमा अगाडि बढाउनको लागि विभिन्न समयमा गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता आयोजन गर्ने प्रयाप्त मात्रमा खेलकुद सामग्रीको व्यवस्था गरीने प्रमुख पोखरेलले बताउनु भयो । गाँउपालिकाले खेलकुद प्रतियोगिताको लागि १५ लाख र खेलकुद सामग्री व्यवस्थापन गर्नको लागि पाँच लाख रकम विनियोजन गरेको छ ।