जिल्ला सहकारी संघ दोलखाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

सुजता आचार्य

जिल्ला सरकारी संघ दोलखाको १९ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवी शर्मा को अध्यक्षतामा सदरमुकाम चरिकोटमा शनिवार विविध कार्यक्रमका साथ संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक पुष्कर कुमार दाहालले प्रस्तुत गर्नुभएको थियो । संीथाले गत असार मसान्तसम्म २१ करोड ८३ लाख १९ हजार १४ रुपैयाँ वरावरको कारोवार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्ला संघका उपाध्यक्ष कृष्ण प्रसाद दहालले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो.

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, जिल्ला वचत संघका अध्यक्ष भूमिराज खड्का, बागमती प्रदेश सहकारी संघका पूर्वमहासचिव भीम प्रसाद दाहाल, जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधव प्रसाद घिमिरे, सहकारीका व्यवस्थापकहरुको साझा मञ्चका अध्यक्ष दिपक बस्नेत र दोलखा उद्योग वाणिज्य सघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा कान्तिपुरकर्मी केदार शिवाकोटीलाई सहकारी “पत्रकारीता पुरस्कार २०८१”ले सम्मान गरेको छ । सहकारी अभियानमा योगदान गरेको भन्दै शिवाकोटीलाई नगद र प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै सहकारीको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने क्रममा सहकारीको अभियान सफल बनाउन नीति, विधि बनाएर सहयोग गर्ने मेलुङ गाउँपालिका, सहकारी अभियानकर्मी ढाल बहादुर सापकोटा, उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., नियमित कारोबार गर्ने अर्थभूमि बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेकोे छ । सम्मानित हुनेहरुमा पूर्व सञ्चालक रत्न बहादुर श्रेष्ठ, उत्कृष्ट व्यवस्थापक चुणामणि घिमिरे, उत्कृष्ट महिला कर्मचारी जुना चापागाईँ र रमेश सापकोटा रहनुभएको छ ।