सुजता आचार्य
नेकपा एमाले दोलखाले जनताहरुको घरघर पुग्ने अभियान अन्र्ततग सुरु गरेको वडा केन्द्रीत जरा अभियान अन्र्तगत सितलीमा आयोजना गरेको दूई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
जरा अभियान अन्र्तगत योजना निर्माणको लागि मेलुङ गाउँपालिका वडा नम्वर ७ स्थिीत सितलीमा आयोजना गरिएको कार्याशाला गोष्ठीले १२ वुँदे सितली घोषण पत्र जारी गर्दै गोष्ठी सम्पन्न भएको हो । प्रत्येक नागरीहरुको घरघरमा पुग्ने र नागरिकहरुको समास्या, अपेक्षा, समाधानको विषयमा छलफल गर्नका लागि एमाले दोलखाले तिन महिने जरा अभियान संचालन गर्दै छ । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीमा नेकपा एमालेका पोलिटव्युुरो सदस्यत तथा जिल्ला इन्चार्ज पार्वत गुरुङको प्रमुख आतिथ्यतामा आयोजित गोष्ठीमा जिल्ला भरका पालिका इन्चार्ज, अध्यक्ष, निर्वाचित पालिका अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।
नेकपा एमाले दोलखाले सुरु गरेको समृद्ध दोलखा सुखी दोलखाली अभियान पुरा गर्न केहि दिन अघि जिल्लाको भ्रमण गरी दोलखाको विकासका विभिन्न सवालमा स्थलगत जानकारी लिनुभई दोलखाली नागरिकहरुको समृद्धीको ढोका उत्तर दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर नाका खोल्न र वैकलपिर्क राजमार्ग किर्ने, भोर्ले, ढोलिखोला सडक लगायत अन्य महत्वपूर्ण सडकहरुमा र्ममत गर्नका लागि करिब डेढ अर्ब रकम तत्काल कार्यान्वयन गर्ने गरी विनियोजन गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।
नेकपा एमालेको समृद्ध दोलखा सुखी दोलखाली अभियानलाई जिल्लाको आकाङक्षा बनाउदै निरन्तर विकास र समृद्धका लागि पहल गरिरहेको र एमालेको नेतृत्वमा बनेको दोलखा जिल्लाको विकास खाका र चक्रपथ योजना, स्थानीय सरकारको अवधारणा र योगदानका आधारमा समृद्ध दोलखा, सुखी दोलखाली को रोडम्याप बन्दै आएकोमा थप दु्रत गतिमा विकास र परिवर्तनका लागि पहल कदमी थाल्ने नेकपा एमालेले प्रतिवद्धता गरेको छ ।
नेकपा एमालेको वडा केन्द्रीत ३ महिने अभियान अथार्त जरा अभियान सफल बताउन जनतासंग कार्ययोजना बनाएको र पार्टीबाट तय गरिएका कार्ययोजनालाई जनताको आवश्यक्ता, अपेक्षा र समस्याहरु समाधानका दृष्टिबाट पार्टीबाट पार्टीका आन्तरिक र बाहिरी पक्षसगं सहकार्य गदै जरा अभियानलाई दोलखामा प्रभावकारी र रचानात्मक ढंगले सञ्चालन एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो ।