दर्पण संवाददाता
चरिकोट, ३० भाद्र, चरिकोटमा रहेको जनहित सहकारी संस्था लि ले आज १७ औँ वार्षिका साधारण सभा सदरमुकाम चरीकोटमा मनाएको छ ।
सहकारी सिद्धान्त मापदण्ड, नियमावली तथा आफ्नो विनियमको परिधी भित्र रहेर संस्थाले शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको अध्यक्ष दिनेश बस्नेतले बताउनु भयो । २०५५ सालमा डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भई कार्य सुरुवात गरेको सहकारी केही समयमानै निस्कृयको चपेटामा परि २०६४ सालमा चरिकोटका सहकारी कर्मी बुद्धिजीवी को संयुक्त प्रयासवाट पुनजिवन प्राप्त गरेको सहकारीले विगत दुई वर्षदेखि चरिघयाङ स्थित आफ्नै भवन बाट बचतकर्तालाई सेवा दिदै आएको छ । संस्थाले भिमेश्वर नगरपालिकाको सवै वडाहरु र कालिन्चोक गााउपालिकालाई समेत कार्यक्षेत्र वनाएर सेवा प्रदान गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
२०१७ जना शेयर सदस्य तथा ८५६ जना बालबचत कर्ता रहेको संस्थामा १ करोड ९५ लाख ९३ हजार ६ सय शेयर पुजी रहेकोमा यस २२ करोड १५ लाख ३३ हजार ४ सय ९५ बरावरको आर्थिक प्रतिवेदन कोषध्यक्ष राम ओलीले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ता हरी बहादुर थापा, उत्कृष्ट ऋणि निमपासाङ शेर्पा, जेष्ठ शेयर सदस्य जगमाया कुसुले, उत्कृष्ट शेयर सदस्य चिनी बहादुर श्रेष्ठ, उत्कृष्ट बालबचत कर्ता, छिरिङ शेर्पा, उत्कृष्ट कर्मचारी अम्वीका केसीलाई नगद २ हजारका दरले सम्मान गरिएको छ ।
पत्रकार महासंघलाई सहयोग

सहकारीले आफ्नो १७ औ बार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको सूचना केन्द्रसहितको बहुउद्देश्यीय भवन निर्माण अभियान जारी रहेको क्रममा सहकारील बार्षिक उत्सवको अवसरमा ११ हजार, १ सय ११ रुपैया नगद सहयोग गरेको छ । सहयोग रकम पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जिवन लामालाई सहकारीका अध्यक्ष दिनेश बस्नेतले हस्तान्तरण गर्नुभएको छ । हालसम्म भवनको डिपीसी सकिसकेको छ भने भवन निर्माण कार्य भईरहेको अवस्थामा सहयोग संकलन निरन्तर चलिरहेको छ ।