जनप्रतिनिधी र पत्रकार विच मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न


रङ्गहरुको पर्व होलीको अवसरमा चरिकोटमा निर्वाचित जनप्रतिनिधी र पत्रकारहरु विच मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

अनलाइन मिडिया सोसाइटी चरिकोटले हाली पर्व २०८० का अवसरमा चरिकाट चरिघ्याङमा रहेको फुटसलमा मैत्रिपुर्ण प्रतियोगिताको आयोजना गरेको हो । आज भएको मैत्रिपुर्ण फुटसल प्रतियोगितामा पत्रकारको टोलीले १ गोल गरेको थियो भने जनप्रतिनिधीको टिमले २ गोल गरेको छ । एक गोलका विरुद्ध दुई गोल गर्दै फुटसल प्रतियोगितामा जनप्रतिनिधीको टिम विजयी भएको छ ।

जिल्लाका जनप्रतिनीधीहरु र पत्रकारहरु विचको सम्वन्ध मजवुद बनाउन र खेल क्षेत्रका प्रचारप्रसारको लागि फुटसल प्रतियोगिताको आयोजना गरेको अनलाईन मिडिया सोसाइटी दोलखाका अध्यक्ष जिवन लामाले बताउनु भयो । प्रतियोगितामा जनप्रतिनीधीको तर्फबाट भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, वडा अध्यक्षहरु हिमाल श्रेष्ठ, विनोद तामाङ, नविन लामा, तारानाथ चौलागाई, वैतेश्वर ७ का वडा अध्यक्ष मिनकुमार शिवाकोटी लगाएतको सहभागिता रहेको थियो भने पत्रकारको टोलीमा पत्रकार महासंघका अध्यक्ष दिपशंखर चौलागाई, केन्द्रीय सदस्य रमेश खतिवडा, संगठनका प्रमुखहरु तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।