
दोलखाको गौरिशंकर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा एमालेले उमा शेर्पालाई उम्मेदवारी बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीको वैठकले सर्वसम्मत रुपमा उमा शेर्पालाई उप निर्वाचनमा उप प्रमुख पदमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । पार्टीले उप निर्वाचनमा उम्मेदवारको छलफल तथा चयनको लागि उर्मिला थामीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले विभिन्न चरणमा पार्टिको वडा कमिटी र आकाङ्क्षी हरुसङ्ग छलफल गरेर सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको कार्यदलका संयोजक उर्मिला थामीले बताउनुभयो ।
नेकपा एमाले गौरिशंकर गाउँपालिका कमिटीको वुधवार बसेको पुर्ण वैठकले उमा शेपालाई उम्मेदवरको छनोट गर्दै मिंगुर शेर्पाको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वु निवासी युवा उम्मेदवार उमा शेर्पा राजनीति संगै समाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएको छ । राजनीतिक पृष्टभुमि संगै व्यवसायमा समेत रहनुभएको शेर्पा सामाजिक कार्यहरुमा समेत अग्रपंक्तिमा रहेर काम गर्दै आउनुभएको छ ।
बैठकमा पोलिटब्युरो सदस्य पार्वत गुरुङले उप निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया तल्ला कमिटीबाटै गरिएको बताउनुभयो । उहाँले नेताले टपक्क टिपेर उम्मेदवार बनाउने चलन सधैँको लागि अन्त्य गर्दै सम्बन्धित कमिटीले नै उम्मेदवारको छनौट गर्ने अभियान आरम्भ भएको बताउनुभयो । बैठकमा एमाले पोलिट्ब्युरो सदस्य पार्बत गुरुङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य भरत केसि, प्रदेश कमिटी सदस्य उर्मिला थामी, जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिब सोयम बहादुर खड्का, सचिवालय सदस्य जंग गूरुङ लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।