गौरिशंकर गाउँपालिकामा खस्यो ७ हजार ५ सय ८९ मत

चरिकोट, दोलखाको गौरिशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि भएको उप निर्वाचनमा सम्म ७ हजार ५ सय ८९ मत खरेको छ ।
उपाध्यक्ष पदको लागि गौरिशंकर गाउँपालिकामा भएको उप निर्वाचनमा ७ हजार ५ सय ८९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान विहान ७ बजेबाट सुरु भएको थियो । गौरिशंकरको वडा नम्वर १ जुंगुमा ७९२ मत खसेको छ भने वडा नम्वर २ जुंगुमा ७७४ मत खसेको छ । वडा नम्वर ३ झयाकु सर्सेपु मतदान केन्द्रमा ८७१ मत खसेको छ भने वडा नम्वर ४ गोरपाङ मतदान स्थलमा ९२७ मत खसेको छ । वडा नम्वर ५ सुरीमा मत १४८४ वडा नम्वर ६ चंखुमा ६४८ मत वडा नम्वर ७ मार्वुमा ७८४ मत खसेको छ । त्यस्तै वडा नम्वर ८ खरेको कसेरी मतदान केन्द्रमा ५२८ मत र छेसाखारे मतदान केन्द्रमा २७५ मत गरी ८०३ मत खसेको छ । त्यसै वडा नम्वर ९ गौरिशंकरमा टासिनाम मतदान केन्द्रमा मत २९९ सिमिगाउँ मतदान केन्द्रमा १७५ मत र वेदिङमा ३३ खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
१५ हजार ७ सय १८ जना मतदाता रहेको गौरिशंकर गाउँपालिकामा ७ हजार ५ सय ८९ मत खसेको हो । ९ वटा वडा रहेको उक्त पालिका खारेमा दुई ठाउँ र गौरिशंकरमा ३ गरी १२ ठाउँमा मतदान भएको थियो । सवै ठाउँमा शान्तिपुर्ण रुपमा निर्वाचन भएको छ । मतदानको समय सम्पन्न भए पछि सवै स्थानको मतपेटीका गाउँपालिकाको कार्यालय सुरीमा जम्मा गरीने र सवै मतदान स्थलको मत पेटीका जम्मा भए पछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिकाको वडा नम्वर ९ वेदीङमा भएको मत ल्याउनको लागि केहि समय लाग्ने भएको हुँदा मत गणना भोली मात्र हुने भएको छ । निर्वाचन अवधि आज ५ बजे सम्म भएको कारण आउन सम्भव नभए पछि भोलि विहान हेलिकप्टर मार्फत वेदिङको मत ल्याउने तयारी गरिएको छ । १०२ जना मतदाता रहेको वेदिङमा ३३ मत खसेको छ ।
उपाध्यक्ष पदका लागि दलगत र स्वतन्त्र सहित गौरिशंकरमा गरी १६ जना उम्मेदवारी चुनावी मैदानमा रहेका छन् । नेकपा एमालेबाट उमा मगर शेर्पा, कांग्रेसबाट पासदिकी शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोमा श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) बाट सपना कार्की खड्का उम्मेदवार छन् । दलगत र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी रहेको पालिकामा मुख्य तिन दलको प्रतिस्पर्धा हुने देखिएको छ ।