गौरिशंकर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

सुरी, दोलखाको गौरिशंकर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

गौरिशंकर गाउँपालिकाको कार्यालय सुरी स्थित पालिकाको सभाहलमा आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्थानिय तह प्रदेश तथा संघ मार्फत संचालन गरि रहेको योजनाको वारेमा जानकारी गराएको थियो । पालिका अध्यक्ष तथा सार्वजनिक सुनुवाईका प्रमुख वक्ता विश्वास कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि स्थानीयहरुले पालिका संचालन गरि रहेको गतिविधीको वारेमा विकास निर्माण, बजेट निर्माण, विकास प्राथमिकता, स्वास्थ्य, शिक्षा, खानेपानी लगातको वारेमा प्रश्न गरेका थिए ।

कार्यक्रमा उठेका सम्वन्धीत प्रश्नहरुको वारेमा गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, अनुगमन समितिका अध्यक्ष तथा पालिकाका प्रवक्ता युग बहादुर बस्नेत र प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर घर्तीले जवाफ दिनुभएको थियो ।

कार्यक्रम पालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखाको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष दिपशंकर चौलागाई, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।