गौरिशंकर उप–निर्वाचनमा एमाले प्रति युवाहरुको आकर्षण वढदै

दोलखाको गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार सहित घरदैलो अभियानमा मतदाताहरु भेट्न व्यस्त रहेका छन् । गैरिशंकरको उपाध्यक्ष पदको लागि सात राजनैतिक दल सहित १६ जनाले उम्मेदवारी दिएको उम्मेदवारहरु मतदाताहरुको टोल वस्तीमा पुगि मत माग्न व्यस्त रहेको छ ।

चुनावी चहल पहल व्यापक रुपमा भई रहेको गौरिशंकर गाउँपालिकामा भने नेकपा एमाले प्रति गौरिशंकरका मतदाता तथा युवाहरुको आकर्षण वढदै गई रहेको पाइएको छ । नेकपा एमालेले युवा उम्मेदवार उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । स्रोत साधनले सम्पन्न जिल्लाकै उत्तरी क्षत्र गौरिशंकर गाउँपालिका नेकपा एमालेको नेतृत्व विना विकास सम्भव नभएको भन्दै घरदैलो अभियान तथा विभिन्न कार्यक्रममा गौरिशंकरका युवाहरु दैनिक रुपमा एमाले प्रवेश गरी रहेका छन् । नेकपा एमाले गौरिशंकर गाउँपालिकाले चुनावी अभियान संगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने युवाहरुलाई स्वगत गरी रहेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादी काङग्रेस र समाजवादीको गठवन्धन संग झिनो मत अन्तरले पराजय भएको एमाले पालिकाको पहिलो शक्ति भएकाले एमालेको उम्मेदवार विजयी हुने निश्चित रहेको एमाले सचिवालय सदस्य तथा पालिका इन्चार्ज जंग बहादुर गुरुङले बताउनु भयो । निर्वाचित जनप्रतिनिधीहरुको पछिल्लो कार्यशैलीका कारण अन्य दल संग नागरिकहरु असन्तुष्ट बढदै गएको र नेकपा एमालेको नेतृत्व विना पालिकाको विकास संभव नभएको भन्दै नेकपा एमाले प्रति युवाहरुको आकर्षण वढदै गएको निर्वाचन परिचालन समितीका संयोजक स्वयम बहादुर खड्काले बताउनुभयो ।

विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउन नेकपा एमालेमा प्रवेश गर्ने युवाहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङले स्वागत गर्नु भएको थियो । गौरिशंकर स्थायी ठेगाना भई काठमाण्डौ वस्ने युवाहरुलाई काठमाण्डौमा पार्टी प्रवेश गराएको थियो भने पालिका कमिटीले केहि दिन अघि सुरीमा आयोजना गरेको सभामा झयाकु खारे सुरी चंखुका करिव ५० युवाहरुलाई पार्टीमा पोलिटव्युरो सदस्य पार्वत गुरुङले स्वागत गर्नुभएको संयोजक स्वयम बहादुर खड्काले बताउनुभयो ।