क्षत्रवती माध्यमिक विद्यालयको ५८ औं वार्षिक उत्सव सम्पन्न

दोलखा जिल्लाको नमुना विद्यालयको रूपमा परिचित क्षत्रवती माध्यमिक विद्यालयले आफ्नो ५८ औं वार्षिक उत्सव तथा २८ औं अभिभावक दिवस भव्यताका साथ मंगलवार सम्पन्न भएको छ ।

बागमती प्रदेशका पुर्व वन तथा वातावरण मन्त्री बिशाल खड्काको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुव कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सह प्राध्यापक नीर बहादुर बरालले १ करोड ७३ लाख वरावरको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । अभिभावक दिवसको अवसरमा विधार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अक्षकोष स्थापना गर्ने व्यक्तहरुलाई सम्मान गरीनुका साथै विभिन्न अक्षकोषद्धारा विधालयका विधार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विधालयमा ३७ वर्ष सेवा गर्नुभएका पूर्व प्रधानाध्यापक पदम जिरेलले हाल सम्म विद्यालयलाई गर्नु भएको योगदानको विशेष कदर गर्दै सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागी अतिथीहरुद्धारा जिल्लामै परिचित नमुना विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय वनाउनको लागि सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, शिक्षक, र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।