कानुन संसोधनको माग (विज्ञप्ती सहित)

दर्पण संवाददाता
चरिकोट, २० भाद्र, भाद्र १ गतेबाट लागु भएको मुलुकी (फौजदारी) संहिता ऐन संसोधनको माग गर्दै नेपाल पत्रकार महासंघ दोलखाले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

भाद्र १ गतेबाट लागु भएको मुलुकी (फौजदारी) संहिता ऐनमा व्यवस्था भएका केहि प्रावधानहरुले प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पर्ने भन्दै संसोधन गरि पुर्ण प्रेश मैत्री बनाउनको लागि जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई पत्रकार महासंघ दोलखाले ज्ञापन पत्र बुझाएको हो । मुलुकी फौजदारी संहिता ऐन २०७४ का बिभिन्न दफाका प्रावधानहरुमा प्रकाशित प्रशारित समाचारकै आधारमा पत्रकार माथी गम्भीर अभियोग लाग्न सक्ने अवस्था रहेको छ । ऐनको केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्नको लागि समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन प्रशारण गर्न बाधाहुन सक्ने महासंघको भनाई छ । मुलुकी फौजदारी संहिताका केहि प्रावधानहरु प्रेश स्वतन्त्रता विरोधी भएको पत्रकार महासंघको भनाई छ ।

दफा ४९ को उपदफा ४, दफा ५० को उपदफा ३, दफा ६५ को उपदफा १, फा ७०(१), दफा १५१, दफा १६५ उपदफा (१), दफा ३०२ दफा ३०५ मा रहेका कानुनहरु संसोधनको माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामाद्धारा हस्ताक्षरित विज्ञप्ती दोलखाली पत्रकारहरुले आज प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई बुझाएका हुन् ।

विज्ञप्ती