गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले काठमाण्डौमा वसोवास गर्ने मतदाताहरु संग घटघाट गरी छलफल गर्नु भएको छ ।
एमाले गौरीशङ्कर काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा रहेका गौरीशङ्करवासी बीच आयोजना गरेको अगुवा भेलामालाई सम्वोधन गर्नुहुँदै शेर्पाले आफु निरन्तर पालिकामै वसेर पालिकावासीहरुको सेवामा लागि रहने संकल्प गर्नुभएको छ । उहाँले पालिकामा वढदो बेथिती देखेर गौरीशङ्करवासी स्थानिय तहका जनप्रतिनीधि संग दिक्क भइसकेको भन्नुहुँदै आफु सुधारका लागि ठोश योजना सहित अघि बढेको बताउनुभयो ।
हालका जनप्रतिनिधीहरु कार्यलयमा नवस्ने र नागरिकलाई दुख दिने नागरिकहरुको गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए पछि सुख दुख जुनसुकै वेला सहज तरिकाले आफुलाई भेट्न सकिने उहाँले बताउनु भयो । नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरिशंकर निर्माण गर्ने सपना पुरा नहुने हुँदा निर्धक भएर आफुलाई मतदान गर्न उहाँले आग्रह गर्नु भयो । आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएको र पालिकाको हरेक गतिविधीहरु पारर्दशीताका काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
एमाले गौरीशङ्कर काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले वागमती प्रदेशका इन्चार्ज राजन भटराई, पोलिटव्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएत नेताहरुले सम्वोधन गर्नुभएको थियो ।