कम्प्युटर इलेक्ट्रिक इलेक्टोनिक्स तथा फोटो व्यवसायी संघको साधारण सभा सम्पन्न

कम्प्युटर इलेक्ट्रिक इलेक्टोनिक्स तथा फोटो व्यवसायी संघ दोलखाको नवौँ साधारण सभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष इन्द्र प्रसाद प्रधानको अध्यक्षतामा साधारण सभा आज सम्पन्न भएको हो । जिल्ला भर रहेको कम्प्युटर इलेक्ट्रिक इलेक्टोनिक्स तथा फोटो व्यवसायी हरुको संस्थाको नवौँ साधारण सभाको दोलखा प्रदेश सभा सदस्य माननिय भरत बहादुर केशीले उदघाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहँदै प्रमुख अतिथी माननिय भरत बहादुर केशीले जिल्लाका व्यापार व्यवसाय खच्किदो अवस्थामा रहेको र अर्थतन्त्र चलायमान बनाउने गरी योजना सहित व्यवायीहरु लाग्नका लागि शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले नगरपालिकाले व्यवायीहरुलाई लक्षित गरी नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरी रहेको र नगर संग व्यवसायीहरुले सहकार्य गर्न आग्रह गर्नु भयो । अन्य उत्पादनलाई मात्र वजारीकरण गर्दा रकम वाहिरीने हुँदा जिल्लामानै उत्पादन हुने बस्नुहरु उत्पादनको लागि त्यस क्षत्रमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट त्यसको लागि समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।

कार्यक्रमको अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।