एमाले गठवन्धन सरकार ०८४ सम्म कायम रहन्छ – योगेश भट्टराई

नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व मन्त्री योगेश भट्टराईले नेकपा एमाले र नेपाली काग्रेस को गठवन्धनमा बनेको यो सरकार आमागी निर्वाचन सम्म निरन्तर चल्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल दोलखाले चरिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संचारकर्मीहरु संग कुराकानी गर्नुहुुँदै सचिव भट्टराइले देशमा देखा परेको संकट समाधान गर्न वनेको यो सरकार अहिले नढल्ने र आगामी निर्वाचन सम्म निरन्तर चल्ने बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणमा नेपाल र चिन विच भएको विआरआई सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्ने बताउनु भएको छ । देशमा सरकारको स्थायित्व नहुदा अर्थतन्त्रमा र थुप्रै कुराहरुमा असर परेको बताउनुहुदै सरकारको स्थायित्वको लागि उपयुक्त विकल्पहरु सहित सवै दलहरु मिलेर सविधान संसोधन गर्ने उहाँले बताउनु भयो । स्थानिय तहको संख्या बढी भएको कारण प्रशासनिक खर्च बढेको र योग्य नेतृत्व हुँदा समस्य देखिएकोले स्थानिय तह घटाई वडालाई अधिकार सहित व्यवस्थीत गर्नु पर्ने बताउनु भयो ।

संचारकर्मीहरुको जिज्ञासालाई सम्वोधन गर्नुहुँदै नेता भीम रावललाई निष्कासन गरीएको विषय दुःखद भएपनि पार्टी अनुशासनको हिसाबले त्यो स्वभाविक रहेको बताउनुुभयो । रावललाई तीन बर्षदेखी पार्टीमा राख्ने प्रयत्न गरिएको भएपनि उहाँले पार्टीसंगको अनुुबन्ध तोड्न चाहेपछि निष्कासन गरिएको बताउनुु भयो ।

दोलखा जिल्ला धार्मिक तथा पर्यटकीय रुपमा निकै सुन्दर रहेको र जिल्लामा प्रचुर सम्भावना रहेको हुँदा नागरिकहरु सग जोडिएको हरेक विषयमा पार्टी संग समन्वय गरी अगाडी वढने वताउनुभयो । चलचित्र नगरिको विषयमा आफुले अध्ययन गर्ने र उत्तर दक्षिण जोडने छोटो मार्ग लामावगर नाका खोल्नको लागि पहल गर्ने बताउनु भयो । चलचित्र नगरिमा सवै काम पुरा गरी राज्यबाटसमेत धेरै लगानी भई सकेको र स्थानीय सरकारको समेत लगानी भई सकेको हुँदा त्यसलाई अगाडी बढाउनु पर्ने वगमती प्रदेश सभा सदस्य भरत केशीले आग्रह गर्नु भयो ।
प्रेश चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा माननिय भरत बहादुर केशी, एमाले उप सचिव हरी वली, कमला वस्नेत संचारकर्मी तथा नेताहरुको सहभागिता रहेको थियो ।