उत्कृष्ट गायकको अवार्ड अमृत खातीलाई

शंकर तामाङ
काठमाण्डौ , २६ भाद्र,  युवापुस्ताको मनमा बस्न सफल लोकप्रिय कलाकार अमृत खातीले पाचौं छायाछवि तीज अवार्ड २०७५ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् ।

छायाँछवि क्रियशनले सेलिब्रेशन पार्टी प्यालेस नक्सालमा अयोजना गरेको कार्यक्रममा गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।
पाचौं छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड सहित खाती र स्मृती गौतमको गित नाचौ घुमी घुमी बोलको गित बाट ह्यटृक गर्दै ३ वटा अवार्ड हात पारेको छ। उक्त गितबाट गायिका स्मृती गौतम गायिका र सुनिल लामिछानेले उत्कृष्ट कम्पनिको रुपमा अवार्ड प्राप्त गरेका छन
जीवन अर्यालको उत्कृष्ट शब्दमा बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको अभिनय रहेको नाचौ घुमी घुमी गित बाट अवार्ड प्राप्त भएको हो ।