इश्वरचन्द्र पोखरेल गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेशको अध्यक्षमा चयन

फाल्गुन ७ , किर्ने दोलखा
गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेशको अध्यक्षमा तामाकोशी गाँँउपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल अध्यक्षमा चयन हुनु भएको छ । आज सम्पन्न सम्मेलनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
तामाकोशी गाउँपालिकाको अध्यक्ष रहेका पोखरेल यस अघि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको तदर्थ समितिको संयोजक रहनु भएको थियो ।

यस्तै समितिको उपाध्यक्षमा सुनापति गाउँपालिका रामेछापका अध्यक्ष धावा लामा , सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना , सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल सह सचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडा कोषाध्यक्ष भएका छन् ।

यस्तै सदस्यहरुमा काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार , रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालदोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेस्वर काफ्ले , सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा , रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, , रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की , सिन्धुलीको हरिहरपुर गणी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी चयन भएका छन् ।
निर्वाचित कार्य समितिको कार्य अवधि बर्तमान स्थानीय सरकारको अवधिभर हुनेछ । अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।