अनेरास्ववियु दोलखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुजता आचार्य

अनेरास्ववियु जिल्ला कमिटि दोलखाको आयोजनामा ६० औं बालदिवसको अवसरमा आज चरिकोटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

देशभरीका सम्पुर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थी एकजुट हौँ भन्ने मुल नाराका साथ ६० औँ वालदिवसको अवसरमा अनेरास्ववियु दोलखाले आयोजना गरेको प्रतियोगितामा दोलखा जिल्लाका ३३ वटा विद्यालयको सहभागिता रहेको थियो । शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङंगठनको भुमिका विषयमा सहभागी ३३ जना विधार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा आफनो विचार राखेका थिए । ३३ वटा विधालयको सहभागीता रहेको प्रतियोगितामा सहिद स्मृती मावि जिरीका मेलिसा ढुङगेल प्रथम स्थान हाँसिल गर्नुुभएको छ । त्यस्तै हनुमन्तेश्वर मावि काव्रेका निशान्त दहाल दितिय, राइजिङ स्टार वोर्डिङ स्कुल चरिकोटका मिमांस न्यौपाने तृतिय र मोडन नेपाल स्कुल चरिकोटका कृष्टीका खड्का सान्तोना हुनुभएको छ । प्रतियागितामा विजयी हुनुहुने प्रतियोगिहरुलाई नगद पुरस्कार प्रदान गरीएको छ । प्रथम हुनेलाई नगद रु ७ हजार सहित प्रमाणपत्र, दितिय हुनेलाई नगद ५ हजार सहित प्रमाणपत्र, तृतिय हुनेलाई नगद ३ हजार सहित प्रमाणपत्र र सान्तोना हुनेलाई नगद २ हजार सहित प्रमाण पत्र प्रमुख अतिथी संगम अर्याल र माननिय भरत बहादुर केसीले प्रदान गर्नुभएको थियो । सहभागी सम्पुर्ण विधार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । बाल दिवसको अवसरमा विधार्थीहरुको वोल्न सक्ने क्षमताको विकास गराउने उदेश्यले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो ।

अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वीयुका केन्दीय कोषाध्यक्ष संगम अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका नेता तथा माननिय भरत बहादुर केसीले विधार्थीहरुको क्षमता विकासको लागि अतिरिक्त कृयाकलापहरु समेत आवश्यक पर्ने र विधार्थी संगठनहरुले शैक्षिक मुदा संगै शैक्षिक गुस्तरको कार्यक्रमलाई समेत संगै लिएर जानुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विधार्थी तथा शिक्षक, विधिन्न तहका एमाले नेता तथा संगठन प्रमुखहरुको सहभागीता रहेको थियो ।