अदालतबाटै चोरी मुद्दाका व्यक्ति फरार

दर्पण संवाददाता
११ पुस

चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।

प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई रु छ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला प्रहरीले पहिचान गरी पक्राउ गरेको थियो ।

उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडाँैका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । कर्मचारीको मिलेमतोमा उनी फरार भएको हुनसक्ने आशङ्कामा अनुसन्धानसमेत थालिएको प्रहरीले जनाइएको छ ।